शालिभान साउँद:डोटीका दुई स्थानीय तहका बाल संरक्षण समिति लाइ प्रशिक्षण प्रशिक्षक सम्बन्धि दुइ दिने तालिम सुरु भएको छ । जिल्लाका आदर्श गाँउपालीका र पुर्वी चौकी गाउँ पालिकाका बाल संरक्षण समितिका पदाधिकारीलाई दुई दिने तालिम बिहिबार देखी दिपायलकाे पिपल्लामा सुरु भएको हो।

समाजमा रहेका अति बिपन्न, संकटासन्न, गरिबिको रेखामुनि रहेका बालबालिकालाई सहयोग गर्न गठित समितिलाइ काम गर्न सहज होस भन्ने हेतुले उक्त तालिमको आयोजना गरेको संस्था ले जनाएको छ । समान पहुँच बिकास केन्द्र ( सिडनेपाल ) डोटीको आयोजना र वर्ल्डभिजन इन्टरनेश्न्ल नेपालको सहयोगमामा सुरु भएको तालिम दुई दिन सम्म संचालन हुने बताईएकाे छ ।
वर्ल्डभिजन इन्टरनेश्न्ल नेपालले डोटी जिल्लाको भौतिक बिकास, देखि निति निर्माण तह सम्म सहयोग गर्दै आएको बताउदै आगामि दिनमा बालबालिकाको क्षेत्रमा स्थानीय तहसंग समन्वय गरेर काम गर्ने स्पोन्सरसिप फिल्ड संयोजक गांगी बेलायरले बताए ।
त्यस्तै आगामि दिनमा दुबै स्थानीय तहका बालबालिकाहरुको स्वास्थ्य, शिक्षा, आर्थिक लगायत बालबालिकाको अधिकारका लागि सहयोग गर्ने स्पोन्सरसिप फिल्ड स्पेलिष्ट नारद मलासीले बताए ।
दुई दिन सम्म संचालन हुने तालिममा आदर्श गाँउपालीकाका उपाध्यक्षमा कमला ओझाले दुबै स्थानीय तहका स्वास्थ्य, शिक्षा, लगायतका बिषयगत साखाका प्रमुख, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो।









