Advertisement
SKIP THIS
रोजगारीको सिर्जना गर्नको लागि स्थानिय सरकारले जोड दिनुपर्ने

कमल रावल, अछाम :अन्तराष्ट्रिय युवा दिवस २०७८ को अवसरमा कोरोना कहरमा युवाको अबस्था, चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।

जिल्ला युवा संजाल अछाम र मंगलसेन नगर स्तरिय युवा संजालको आयोजनामा भएको कार्यक्रममा सहभागी युवाले स्थानिय सरकारले रोजगारीको सिर्जना गर्नु पर्नेमा जोड दिएका थिए । कोरोनाको कहरमा थुप्रै युवा गाउँमा फर्केर बेरोजगार बनेकाले स्थानिय सरकारले निति तथा कार्यक्रम अनुसार रोजगारका कार्यक्रम अघि बढाउनु पर्ने बताए ।

गाउँमा आएर थुप्रै युवा कृषि उद्यम, बाख्रापालन, कुखुुरापालन, बंगुुर पालन ब्याबसायमा अग्रसरमा वास्तविक युवाको क्षेत्रमा लगानीको आवश्यकता रहेको बताए । जिल्ला युवा संजाल अछामका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी युवाका प्रश्नको जवाफ दिदै कार्यक्रमका प्रमुुख अतिथी मंगलसेन नगरपालिकाका प्रमुुख पदम बहादुर बोहराले युवाले रोजगारी मागेर नभई सिर्जना गर्न सक्नुपर्ने बताए ।

संघ संस्था, सरकारी निकायबाट थुप्रै तालिम तथा गोष्ठि युुवाका लागी भईसकेकाले अब आफै जागरुक हुदै उद्यमी हुनुुपर्ने बताए । स्थानिय उत्पादनमा कोही पनी युवा नलागेकोमा चिन्ता ब्यक्त गर्दै अब जागरुक भएर लाग्नु पर्ने बताए । प्रत्येक वडामा बजेट गएकाले त्यसको सही सदुुपयोग सहीत प्रत्येक बिकास निर्माणका काममा युवा जोडिनु पर्ने बताए । हरेक कामको आत्म समिक्षा गर्दै युवा अघि बढनुुपर्ने बताए । बजेट युुवाकै क्षेत्रमा भएकाले जागरुक भएर लाग्नु पर्ने बताए ।

कार्यक्रमका बिशिष्ट अतिथी मंगलसेन नगरपालिका उपप्रमुुख सरिता उपाध्यायले हरेकलाई रोजगारमा जोड्दै जाने अभियानमा नगरपालिका लागि परेको बताउनु भयो । हरेक क्षेत्रमा जनप्रतिनिधी र कर्मचारी मात्रै जिम्मेवार नहुने भएकाले सबैले जिम्मेवारी बहन गर्नुपर्ने बताए ।

अन्तरक्र्रिया कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले थुप्रै क्षेत्रमा युवालाई रोजगारमा जोडदै अगाडी बढेको बताए । नगरको सम्भावनालाई हेर्दै कृषि, लद्युुउद्यम र निर्माण कार्यमा युवालाई रोजगारमा जोडने अभियानमा लागेको बताए । युवाका लागी बनेका हरेक निती तथा कार्यक्रममा लगानी मैत्रि वातावरण अझै बन्न नसकेको बताए ।

तपाईको प्रतिक्रिया