निराकरण सम्वाददाता घोडाघोडी:घोडाघोडी ताल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो ।

यो स्थल कैलाली जिल्लाको “पहलमानपुर” र “सुखड”को विचमा पर्ने जंगलमा पर्दछ । पूर्व पश्चिम राजमार्गको छेउमै अवस्थीत यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिईएको छ ।

योगी नरहरिनाथले यो तालबाट पौराणिक काललाई स्मरण गराउने केही चिन्हहरू पत्ता लगाएर यो ताल महाभारत काल भन्दा पनि पहिलेबाट नै एक पवित्र तिर्थस्थल थियो भन्ने सावित गरेका थिए ।

यो तालको इतिहास थारु जातिसँग गाँसिएको छ । स्थानीय किम्बदन्ती अनुसार यो ताल सातवटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिन्छ र यस तालको आकर मानिसको हात जस्तै छ ।










