Advertisement
SKIP THIS
उर्लदो भेलमा बुढीगंगा नदिको दोहन, आफ्नै निर्णय कार्यान्वयन गर्न नगरकै आलटाल

निराकरण सम्वाददाता अछाम:आफुले गरेको निर्णयबाट साफेबगर पन्छीएको छ । बर्षाको २ महिना साउन र भदौमा साफेबगर नगरपालिका बुढीगंगा नदि लगायत अन्य खोलानाला क्षेत्रमा नदिजन्य पदार्थ उत्खनन गर्न नपाईने भनी असार १४ गते सार्वजनिक सुचना प्रकाशीत गरेको थियो ।

तर साउन उर्लदो भेलमा समेत यो र त्यो बहानामा बुढीगंगा नदीबाट बालुवा निकासी भईरहेको छ । बुढीगंगा नदीको साफे मंगलसेन सडकको पक्की पुल ककड सात लगायतका क्षेत्रमा दिन दाहडै बालुवा उत्खनन् हुदाँ समेत साफेबगर नगरपालीका मौन रहेको छ ।

बर्षाको २ महिना साफेबगर नगरपालिका बुढीगंगा नदि लगायत अन्य खोलानाला क्षेत्रमा नदिजन्य पदार्थ उत्खनन गर्न नपाईने भनी असार १४ गते सार्वजनिक सुचना

यस बिषयमा साफेबगर नगरपालिका कार्यवाहक नगरप्रमुख तथा नगर प्रवत्ता बालीगीरी कुवरले नदीबाट बालुवा निकासी भईरहेको भन्ने जानकारी आएको र प्र्रहरीलाई सहयोग मागेको र प्रहरीले हामीलाई कारवाही गर्ने अधिकार नभएकोले प्रकाउ गरि नगरपालीका बुझाईदिने नगरपालीकाले नै कारवाही गर्न भनेको बताए ।

न प्रहरीले प्रकाउ गर्यो न नगरले नै कुनै चासो देखायो
सोमबार नै बुढीगंगा नदीबाट बालुवा निकासी भईरहेको छ भन्ने प्रहरी र नगरका जनप्रतीनीधीलाई समेत जानकारी हुदाँ समेत न प्रहरीले ट्रयाकटर प्रकाउ गर्यो न त साफेबगर नगरपालीकाले नै चासो दियो, नगरले कुनै चासो र कारवाही नगर्दा पुन मंगरबार सोहि ठाउबाठ ट्याक्टरले बालुवा उठाईरहेको थियो ।

तपाईको प्रतिक्रिया