Advertisement
SKIP THIS
कमलबजार नगरपालिकामा लक्षित उमेरका सबैलाई कोरोनाको खोप लगाईयो।

पबित्रा खड्का कमलबजार:कमलबजार नगरपालिका भित्रका सबै वडामा कोरोना बिरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम सोमबार सम्पन्न भएको हो।

५५ बर्ष भन्दा माथिका पहिले छुटेका र ५० देखि ५४ बर्ष सम्मका नागरिक शिक्षक कायार्लय सहयोगि सवारी चालक सहचालक पहिले खोप लगाउन छुटेका र्कमचारी स्वयंसेवकलाई समेत लगाईएको छ।

हिजो आईतवार १सय ५० जना महिला सोमबार १सय ८२ जना पुरुष गरि जम्मा ३सय ३२ जना र सोमबार १सय २३ जना महिला १सय २५ जना पुरुष गरि २सय ४८जना गरी ५ सय ७९ जनालाई कोरोना बिरुद्धको भेरोसेल खोप लगाएको छ।

कोरोना बिरुद्धको भेरोसेल खोप लगाउनेमा सबैभन्दा बढी वडा नं ६ बिरपथका रहेका छन ,भने सबै भन्दा कम वडा २ बजुडाका रहेका छन। खोप लगाउन छुटेकालाई मंगलबार पुन लगाईने नगरपालिका फोकल पर्सन टेक बहादुर बिष्टले बताए ।

तपाईको प्रतिक्रिया