लम्की:कर्णाली नदिमा डुङ्गा पल्टिदा ३ जना बेपत्ता भएका छन भने ७ जनाको उद्दार गरिएको छ। उद्दार गरिएका मध्य आमा र १० दिने बच्चा सहित दुइ जनाको अवस्था गम्भिर छ ।
मोहन्याल-३ राङ्गामलेखा कैलाली बाट चौकुनेको बिजौरा सुर्खेतमा गर्भवती र सुत्केरि आमाहरु अस्पतालमा खोप लगाउन जाने क्रममा डुङ्गा पल्टिएको हो । २ महिला सहित १ बच्चा बेपत्ता रहेका प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका वडा न. ०३ बस्ने वर्ष २० की उर्मिला सलामी मगर उनको १० दिनको बच्चा ,२० की पार्वती थापा रहेकी छ्न ।









