Advertisement
SKIP THIS
दार्जुलामा घटेको घटनाका दोषीलाई कारवाहि गर्न अनेरास्ववियु अछामको माग

निराकरण सम्वाददाता अछाम:दार्चुला जिल्लाको ब्यास गाउँपालिका २ मालघाटमा महाकाली नदि तर्ने क्रममा भारतिय एसएसबीले तुईन काट्दा ३५ बर्षिय नेपाली नागरिक जय सिह धामी बेपत्ता भएको बिषयमा अनेरास्ववियु अछामले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार अनेरास्ववियु अछामका अध्यक्ष शंकर बिष्टद्वारा एक बिज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई अबिलम्ब कारवाहि गरि पिडित पक्षलाई क्षतिपूर्ति दिन माग गरेको छ।

नेपाली नागरिक माथि बेला बेला हुने भारतीय ज्यादतीको हुने गरेको आफ्ना नागरिक माथि हुने यस्ता प्रकारका अमानवीय ब्यवहार अन्त्यको लागि सरकारलाई गम्भीर ध्यानाकर्षण गराउदछौ भनिएको छ।

तपाईको प्रतिक्रिया