Advertisement
SKIP THIS
कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर तिन बालीकाको मृत्यु

सुखड :कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर तिन बालीकाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका वडा नः ९ को डोमपुर कन्द्रा नदिमा नुहाउने क्रममा सोही ठाउँका तीन बालीकाको डुबेर मृत्यु भएको हो ।शुक्रवार दिउँसो ४ बजे डुबेर तिन बालीकाको मृत्यु भएको जनाएको छ ।

डुबेर हराएका दुई बालिकालाई मृत अवस्थामा नदि बाट निकालिएको छ भने एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धनबहादुर सिंहकी छोरी नौ बर्सिया लक्ष्मी सिंह र राम फल चौधरी सात वर्षीय छोरी जानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। । उनले बेपत्ता छ बर्सिया अनु सिंहको खोजी भइरहेको बताए ।

तपाईको प्रतिक्रिया