Advertisement
SKIP THIS
आगामी बजेट निर्माण र कोभिड १९ सम्बन्धी साँफेबगर नगरपालिकाद्धारा सञ्चारकर्मीसँग छललफल

अछाम:सामाजिक दूरी कायम गर्दै साँफेबगर नगरपालिकाले सञ्चारकर्मीसँग कोभिड १९ र आगामि आर्थिक वर्ष ०७८÷७९ को वजेट निर्माण सम्बन्धी छलफल तथा सुझाव संकलन गरेको छ । छलफल तथा सुझाव संकलन कार्यक्रम नगर प्रमुख कुँवरले कोरोना भाईरस न्यूनिकरणको लागि नगरपालिकाले गर्दै आएको प्रयासका वारेमा पनि जानकारी गराएका छन ।

नगर प्रमुख कुँवरले कोरोना भाईरसको संक्रमण वढ्दै गएपछि नगरपालिले स्वाँव संकलन कार्यलाई तिव्र रुपमा अघि बढाएको बताउनुभयो । उहाँले दोस्रो लहरमा कोरोना फैलिएपछि नगरका १४ वटै वडाबाट ४ सय ९ जनाको स्वाँव संकलन गरीएको जानकारी दिए । जसमा १ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ भने अझै २ सय १२ जनाको रिपोर्ट आउन वाँकी रहेको छ । अघिल्लो वर्षमा २ हजार ५ सय ४६ जनाको स्वाँव संकलन भएको छ । फेरी केही दिनमै स्वाँब संकलन कार्यलाई अघि बढाईने उहाँको भनाई रहेको छ । कोरोना पोजेटिभ भएका संक्रमितलाई वढी समस्या भएमा नगरको एम्वुलेन्सबाट वयलपाटा अस्पतालमा पु¥याउने काम हुँदै आएको छ ।

नगर प्रमुख कुँवरले नगरपालिकासँग यो वर्ष रकम नभएपनि उदारो स्वास्थ्य सामग्री ल्याएर भएपनि जनताको ज्यान जोगाउनको लागि नगरपालिकाले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कोरोना संक्रमितलाई उच्च मनोवल बढाउन सुझाव दिदै कोरोना संक्रमणबाट बच्नको लागि नगरबासीलाई सजक रहन सुझाव दिनुभएको छ । घरमै आइसोलेशनमा बसेका संक्रमितलाई थप केही समस्या भएमा खवर गर्न आग्रह गरे ।

यस्तै वयलपाटा अस्पतालमा नगरपालिकाबाट चालु आर्थिक वर्षमा ७० लाख रुपैया सँगै अन्य स्वास्थ्य सामग्री पनि सहयोग भएको छ । वाँकी अझै आवश्यकता अनुसार सहयोग हुने नगर प्रमुख कुँवरको भनाई रहेको छ । यो परिस्थितमा सञ्चारकर्मीलाई सजकता अपनाउनको लागि भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । सञ्चारकर्मीले पनि नगरपालिकालाई कोरोना भाईरसबाट बचाउनको लागि भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए । कोभिड १९ सँगै आगामि आर्थिक वर्ष ०७८÷७९ को वजेट नगरपालिकाले प्राथमिकता दिनुपर्नेमा सुझाव संकलन गर्नुभएको छ । कार्यक्रममा सञ्चारकर्मीले नगरलाई कोभिड १९ न्यूनिकरण र संक्रमितको सहज उपचारको लागि नगरपालिकालाई आगमि आर्थिक वर्षको वजेट समेट्न सुझाव दिएका छन् ।

यस्तै नगरपालिकाको सडकको स्तरउन्नी, खानेपानीको व्यवस्थापन, शव वाहन खरिदको लागि वजेट विनियोजित गर्नको लागि सञ्चारकर्मीले सुझाव दिएका थिए । वुढीगंगा नदीको कटान नियन्त्रणको लागि पनि नगरपालिकाले विशेष ध्यान हुनुपर्नेमा जोड दिएका थिए । सहभागि सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिदै नगर प्रमुख कुँवरले वुढीगंगा नदीको कटान नियन्त्रणको लागि पहल भईरहेको जानकारी दिनुभएको छ । नगरका भित्री सडकको स्तरउन्नीको लागि नगरपालिकाले आगामि आर्थिक वर्षको वजेटमा विशेष जोड दिने बताए। उपभोक्ता समिति मार्फत भएका अपवाद वाहेक अधिकांस योजनाहरुको काम प्रभावकारी नभएका कारण आगामि आर्थिक वर्षमा टेण्डर मार्फत काम हुने प्रष्ट पार्नुभएको छ । अहिलेका जनप्रतिनिधिको आगमि आर्थिक वर्षको वजेट अन्तिम भएका कारण अहिले अधुरा रहेका योजनाहरुलाई विशेष प्राथमितका दिने नगर प्रमुख कुँवरको भनाई रहेको छ । सामाजिक दुरी कायम गर्दै सवै सरोकारवालासँगै छलफल गरेर नगरपालिकाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट ल्याउने पनि नगर प्रमुख कुँवरको भनाई रहेको छ ।

छलफल तथा सुझाव संकलन कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पुष्प वुढा, जनस्वास्थ्य निरिक्षक लक्ष्मणनाथ योगी, सुशासन शाखाका प्रमुख नुप विश्वकर्मा, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेशका सदस्य तपेन्द्र कुँवर, नेपाल पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष खम्म खत्री,सदस्य तारामान खड्का,रेडियो वान्नीगढी एफएमका कार्यकारी निर्देशक धनराज साउद, पत्रकार एकेन्द्र महता, डण्डिराज भट्ट,को सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया