अछाम :भुल एकता समाजले बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । एकता समाजले अहिलेको कोरोना महामारीलाई मध्यनजर गर्दै अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको जनाएको छ ।
बर्तमान परिस्थितीमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको योग्दान कोरोना रोकथाम र नियन्त्रणमा महत्वपूर्ण रहेको भन्दै स्वास्थ्य सुरक्षाका समाग्री प्रदान गरिएको समाजका अछाम प्रतिनिधी सुरत भुलले बताए ।
भुलका अनुसार समाजले पिपिई सेट १० थान, सर्जिकल मास्क २५ पोका, एन ९५ मास्क ५० थान र फेस सिल्ड २५ थान बयालपाटा अस्पताललाई हस्तान्त्ररण गरिएको हो ।
समाजको सहयोगले अस्पतालका केही हद् सम्म राहत हुने बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा। मन्दीप पाठकले बताए ।