डोटी:दोस्रो चरणको कोरोना माहामारीलाइ मध्यनजर गर्दै शिखर नगपालिका डोटी स्वास्थ्य सामग्री र औषधी सहित नगरपालिकाका घर घरमा अभियान संचालन गरेको छ ।
नगरपालिकाका छ हजार घरधुरीका लागि स्वास्थ्य सामग्री र औषधी सहित अभियान संचालन भएको हो। नगरपालिकाले सवै वडामा चाहिने मास्क, सेनिटाइजर र औषधी हस्तान्तरण गरेको छ । हस्तान्तरण गरेको सामग्री वडाका स्वास्थ्यकर्मी र महिला स्वयम सेविकाको संयुक्त टोलीले घर घरमा पु(याउने कार्यक्रम रहेको शिखर नगरपालिका स्वास्थ्य शाखा संयोजक हरिष शाहले वताए ।
नागरवासिलाइ स्वास्थ्य समस्या देखिए अस्पताल सम्म सुरक्षित साथ पुग्न स्वास्थ्य सामग्री र प्राथमिक उपचार गर्न अौषधी हस्तान्तरण गरेको स्वास्थ संयोजक शाहले वताए । माहामारीको समयमा घर घरमा नागरवासिको स्वास्थ्य अवस्था वुझ्नु र ढाडस दिनु समेत अभियानको उदेश्य रहेको शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले वताए ।
नगरवासिका नागरिकको स्वास्थ्यलाई प्राथमिकतालाइ मध्यनजर गर्दै नगरपालिकाले नगरपालिका वस र आफुले चढ्ने गाडि समेत नागरिकको सेवामा लगाउने निर्णय गरेको वताउदै नगरपालिका सधै नगरवासिका साथमा रहेको वताए । स्वास्थ सामग्री हस्तान्तरण कार्यक्रममा शिखर नगरपालका नगर उप प्रमुख धौली देवी रावलले टोल टोल र घर घरमा महिला स्वयम सेविकाको पहुच रहेकाले कुनै पनि नगरवासिलाइ स्वास्थ समस्या आएमा नगरपालिकालाइ जानकारी गराउन आग्रह गरिन ।
त्यसैगरी शिखर नगरपालका वडा नं १ का वडा अध्यक्ष खडक वहादुर शाहीले नगरपालिकालाई कोरोना जोखिम हुनवाट वचाउन सवै वडा वासीले जिम्मेवारपूर्ण तवरले लागि परेमा वडामा कुनै जोखिन नआउनेमा विश्वास व्यक्त गरे ।









