Advertisement
SKIP THIS
कांग्रेस कोभिड संयोजक खड्काको पहलमा डोटी अस्पताललाई २२ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण

डोटी :नेपाली कांग्रेस डोटीका कोभिड सुचना संयोजक एबं बोलन्या थली डोटीका संयोजक जित बहादुर खड्काको पहलमा २२ अक्सिजन सिलिन्डर हस्तान्तरण गरियकाे छ ।

बोलन्या थलीसँगको समन्वयमा जिल्ला अस्पतालका १७ ठुला र पाँच स्याना गरी २२ वटा सिलिण्डर भरेर अस्पताललाई उपलब्ध गराइएको हो ।

नेपाली कांग्रेस डोटीका जिल्ला सदस्य समेत रहेका खड्काले जिल्लामा अक्सिजनको चरम अभाव भएका बेला जिल्ला अस्पतालसँग भएका खाली सिलिण्डर लगेर नेपालगञ्जबाट अक्सिजन भरेर ल्याएका हुन् ।

खड्काले सोमबार जिल्ला अस्पताल लाई भरिएका सिलिण्डरहरु हस्तान्तरण गरेका छन् । बोलन्या थलीले अक्सिजन भरेर जिल्ला सम्मको ढुवानी खर्च समेत बेहोरेको छ । कोरोना महामारीका कारण बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउन थालेपछि अभियानको थालनी गरिएको संयोजक खड्काले बताए ।

अस्पतालसँग भएका सिलिण्डरहरु खाली भए पछि भर्न समस्या भएको र अस्पतालमा अक्सिजन अभाव भएको जिल्ला अस्पतालले जनाएको छ । संयोजक खड्काले भरेर ल्याएका सिलिण्डरले राहत भए पनि अझै अक्सिजन अभाव रहेको जिल्ला अस्पतालका डाक्टर कृष्णराज जोशीले बताए । बिरामीहरु अक्सिजन लेवल एकदमै कम भए पछि आउने गरेकाछन् अक्सिजन अभावका कारण रिफर गर्नु पर्ने अवस्था छ ।’सुदूरपश्चिममा कोरोना बिरामीहरुले अक्सिजन अभावका कारण ज्यान गुमाउन थालेपछि बोलन्या थलीले सुदूरपश्चिम भरी प्राणका लागि वायु अभियानको थालनी गरेको छ ।

थलीले विभिन्न व्यक्तिहरुको सहयोगमा, फण्ट र सिलिण्डर संकलन गर्दै अक्सिजनसँगै स्वास्थ्य सामग्री वितरण गर्दै आएको बाेलन्या थलि डोटीका उप संयोजक डिल्लीराज जोशीले बताए ।

तपाईको प्रतिक्रिया