बिक्रम खड्का डोटी:युवा सँघ नेपालका केन्द्रीय सदस्य नरेश बोगटीले डोटी जिल्लामा क्रियाशील पत्रकारहरुलाई कोरोना संक्रमण रोकथामका तथा नियन्त्रणका लागि सुरक्षित रहन आवश्यक पर्ने स्वास्थ्य सामाग्री बितरण गरेका छन् ।
आफु सामाजिक कार्यमा सधै लागिरहने भएकाले आफ्नाे स्वइच्छाले फिल्डमा रिर्पोटीङ गर्दा सहज होस् भन्ने उद्देश्यले उक्त सामाग्री वितरण गरिएको वोगटीले बताएका छन् ।
जिल्लामा सञ्चालीत विभिन्न सञ्चार माध्यमका प्रतीनिधीलाई दिपायलमा सर्जिकल मास्क, सेनिटाइजर, सावुन बितरण गरिएको हो । जिल्लाका सञ्चालीत विभिन्न पत्रपत्रिका, अनलाइन, रेडियो तथा टेलिभिजनमा कार्यरत पत्रकारहरुलाई सामाग्री बितरण गरिएको बोगटीले वतायका छन् ।
यसै विच बोगटीले हिजो जिल्ला प्रहरी कार्यालय सिलगढी र इलाका प्रहरी कार्यालय दिपायलका सुरक्षाकर्मीहरुलाइ आफै कार्यालयमा उपस्थित भएर स्वास्थ्य समाग्री समेत वितरण गरिएको उनले बताए छन् ।
बोगटीले विगत केहि समय देखी बिभिन्न समयमा सामाजीक काम गर्दै आइरहेका छन् । उनी बोगटान फुड्सील गाउपालीका वडा नम्बर ६ गगुडा मा रहेकाे जनता कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष र आफ्नै व्यावसायमा सफल व्यापारी समेत हुन् । बोगटी बाेगटान फुड्सिल गाउँपालिका वडा ६ पलाडिका स्थाई बासिन्दा हुन ।