Advertisement
SKIP THIS
कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय बान्नीगढी जयगढ गाँउपालिका

निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाँउपालिका कोरोना रोकथाम र नियन्त्रणमा सक्रिय रहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि एण्टीजेन परिक्षणको दायरा बढाएको पालिकाले जनाएको छ ।

गाँउपालिकाले वडा नं १ देखि ६ सम्ममा एक चरणमा एण्टीजेन बिधीबाट कोरोना परिक्षण गरिसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले बताए । उनका अनुसार थप एण्टीजेन खरिद गरेर दोश्रो चरणमा फेरी परिक्षण गर्नेछौँ ।

गाँउपालिकाले पिसिआर परिक्षणकै लागि समुदायम स्तरमै गएर नागरिकको सहजताका लागि स्वाब संकलन गर्न एकजना ल्याब असिष्टेण्ट पनि नियुक्त गरेको अधिकृत जोशीले बताए ।

गाँउपालिकाको वडा नं ४ तिमील्सैनमा रहेको ५ बेडको कोरोना अस्थाई अस्पतालमा थप ५ बेड बिस्तार गरेर १० बेडको बनाई संचालनमा ल्याएको प्रशासकीय अधिकृत जोशिले बताए ।कोरोना संक्रमितको उपचारका लागि पालिकाको पहलमा २ जना स्टाफ सहितको १० बेडको अस्पताल निर्माण गरिएको अध्यक्ष राजेन्द्र खड्काले बताए । अस्पतालको लागि पालिकाले मेडिकल अधिकृतको विज्ञापन आव्हान गरे पनि पद पूर्तीका लागि कैसैको आवेदन नपरेको उनको भनाई छ ।

गाँउपालिकाले थप उपचारका लागि अन्यन्त्र लैजानु पर्ने बिरामीको लागि सुबिधा सम्पन्न एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौँ अध्यक्ष खड्काले भने एम्बुलेन्स नभएको बेला गाडी आवश्यक पर्ने कुरालाई मध्यानजर गर्दै अर्को गाडी पनि भाडामा लिएर तैनाथ अवस्थामा राखेका छौँ ।

कोरोना सङ्क्रमण देखीयर अस्पताल लग्नुपर्ने गाउँपालीका भित्रका एम्बुलेन्स जान नसक्ने तर अन्य गाडी जान सक्ने ठाउँका नागरिकलाई सहजताका लागी गाउँपलिकाले २४ घण्टा निःशुल्क गाडीको व्यवस्था गरेका हो । अध्यक्ष खड्काका अनुसार कोरोना सङ्क्रमण देखीयर अस्पतालसम्म पुर्याउनुपर्ने खालका तर एम्बुलेन्स जान नसक्ने ठाउँका नागरिकको उपचारमा सहज होस् भन्ने उदेश्यले गाउँपालिकाले निःशुल्क गाडीको व्यवस्था गरेको हो ।


पालिकाले अहिलेको सयमलाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीलाई पनि तैनाथ अवस्थामा रोखेको र आवश्यक परे हरेक वडामा खटाईने अध्यक्ष खड्काले बताए । हाल कोरोनाको संक्रमण फैलिन नदिन जनचेतनामुलक र रोकथामका लागि सन्देश दिने काम भईरहेको उनले बताए ।

यस्तै पालिकाको आर्थिक सहयोगमा जिल्ला आयूबेर्दिक कार्यालय अछामसंग समन्वय गरेर कोरोना संक्रमितहरुको लागि शक्तिबर्दक र रोग प्रतिरोधात्मक औषधी पनि निशुल्क रुपमा बितरण गरिरहेको पालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया