Advertisement
SKIP THIS
११ सांसद सुत्दा कुम्भकर्ण बनेका अछामका राजनितीक दल

निराकरण सम्वाददाता अछाम:अछाम जिल्लामा कोभिड अस्पताल समेत रहेको जिल्ला अस्पताल मंगलसेन अछाम ५ महिना अगाडि देखि सुदूरपश्चीम सरकारले पठाएको भेन्टिलेर र आईसीयु थन्कीएको छ । भेन्टिलेर र आईसीयु सञ्चालका लागि उकरण पठाए पनी सञ्चालनको लागि आवश्यक जनशक्ती नपठाउँदा ५ महिना देखि सञ्चालका लागि उकरण थन्कीएका जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले बताउछन ।

यता सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अछाम जिल्लालाई ५ महिना अगागि पठाएका तर सञ्चालन नभई थन्किएका भेन्टिलेटर फिर्ता मागेको छ। कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन ती भेन्टिलेटर फिर्ता मगाइएको मन्त्रालयले जनाएको छ । ‘हामीले सञ्चालनको निम्ती ४ दिनको तालिम दिएर पठाएका छौ , सञ्चालन गर्न सक्ने अस्पतालाई सञ्चालन गर्न भनेका छौ ,यदी कसैले सञ्चालन गर्न सक्दैन भने पछि पाउने गरि मन्त्रांलयमा बुझाउन भनेका सामाजिक विकास मन्त्रांलयका प्रबत्ता नरेन्द्र कार्की भने । ४ दिनको तालीमले मात्रै भेन्टिलेर र आईसीयु सञ्चालन गर्न नसकिने जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाज बताउछन ।

५ महिना देखि थन्कीएको भेन्टिलेर र आईसीयु सञ्चालनको लागि कसैले पहल समेत गरेको पाईएकको छैन । मुख्य दायित्व भएको अस्पताल बिकास समिती कानमा तेल हालेर बसेको छ , कोरोनाको द्रोस्रो लहरमा मात्रै ७ जनाले कोरोनाको कारण ज्यान गुमाईसेका छन । यदि भेन्टिलेर र आईसीयुमा राखेर उपचार गर्न पाएको भए बाच्ने आशा हुने स्वास्थ्य कर्मीहरु बताउछन । कोरोनाका बिरामी मात्र होईन अन्य गम्भीर प्रकृतीका बिरामीहरुलाई सघन उपचार कक्ष आईसीयुमा राखेर उपचार गर्नु पर्ने हुन्छ ।

कोरोना महामारीबाट ७ जनाले ज्यान गुमाउदा समेत अछामबाट प्रदेश र केन्दमा प्रतिनीधित्व गर्ने माननीयहरु भने गुपचुप बसेका छन । नेतृत्वलाई झकझकक्याउनु पर्ने यहाका राजनित दल भने कहिले मेरो नेताले हड्डी फ्याक्लान कहिले खाउँला भने जसरी कुरी रहेका मात्रै होईन बरु भेन्टिलेर र आईसीयुको बिषयमा रामायणको कुम्भ कर्णको जसरी सुतिरेका छन । चुनावका ताका महान बाणी दिने नेताहरु अहिले कुन दुलो भित्र छिरेका होलान आम अछामी जनताको प्रश्न रहेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७४ का लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा घोषणा(पत्र

तपाईको प्रतिक्रिया