Advertisement
SKIP THIS
कञ्चनपुरको बेलौरीबाट लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय पक्राउ

कञ्चनपुर:लागु औषधसहित बेलौरी नगरपालिका–१० भुडास्थित ३३ नम्बर सीमा स्तम्भ नजीक पैदल हिँडदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले आज लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी प्रमुख कमल कुमार खड्काका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका २५ वर्षीय राजु भनिने राजेन्द्र सिंह र राजिस्थानका १६ वर्षीय कृष्ण सिंह रहेका छन्।

दुवै जनाको साथबाट प्रहरीले १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया