Advertisement
SKIP THIS
बैतडीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बैतडी: बैतडीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्लाको पाटन नगरपालिकाको वडा नम्बर ४ का ३९ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो।

यही वैशाख २२ गते स.क्रमण पुस्टि उनलाई उपचारका लागि डडेल्धुरा लैजाने क्रममा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

ती पुरुषको जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेकोमा स्वास्थ्यमा थप समस्या देखिएपछि डडेल्धुरा लैजाँदै गर्दा अनारखोलीमा मृत्यु भएको बताइएको छ।

बैतडीमा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ। 

तपाईको प्रतिक्रिया