बाजुरा:बाजुरामा एक युवती मृत फेला परेकी छिन्।
जिल्लाको त्रिवेणी नगरपालिका १ छताराकी २२ वर्षीया करिश्मा नेपाली मृत फेला परेकी प्रहरीले बताएको छ।
बिहीबार बिहान घाँस काट्न भनेर गएकी उनी छताराको सल्लेरी बनमा स्थानीयले मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
मृत्युको कारण भने नखुलेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।