Advertisement
SKIP THIS
कोरोनाबाट रेडियो नेपाल दिपायलमा कार्यरत एक जनाको मृत्यु

डाेटि :डोटीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रेडियो नेपाल दिपायलमा कार्यरत ३२ वर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले बताए ।

२२ गते अस्पतालमा भर्ना उनको जिल्ला अस्पतालबाट रिफर गरिसके पछि शुक्रबार बिहान बाटोमा एम्बुलेन्स मै निधन भएको हो । कञ्चनरुप नगरपालिका ८ सप्तरी घर भएका उनी रेडियो नेपाल दिपायल कार्यरत थिए ।

अक्सिजनको सहारामा उपचार भइरहेका उनलाई भेन्टिलेटरकाे आबस्यकता परेपछि रिफर गरिएको थियो ।
यो सँगै डोटीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

यस अघि बुधबार जिल्लाको आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया