मदन थापा, बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिका–२ मा पर्ने घट्टेखोलामा आएको बाढीले पाकेको गहुँ बगाउदखा किसानहरु चिन्तित बनेका छन् ।
बिहीबार दिउसो आएको अविरल वर्षासंगै खोलामा आएको बाढीले ताप्री सेराको खेलमा पाकेको गहुँबली बगाएको वडाध्यक्ष हिरालाल थापाले जानकारी दिएका छन् ।
सोही नगरपालिका–२ र ३ वडाका स्थानीयले लगाएको गहुँ खेती घरमा भित्र्याउन नपाउदै बाढीले बगाउदा किसानहरु चिन्तित भएको वडाध्यक्ष थापाले टुडेलाई बताए । बाढीले किसानले लगाएको २५ रोपनीको खेतीमा क्षती पुर्याएको वडाध्यक्ष थापाको भनाई रहेको छ ।
वडाध्यक्ष थापा भने कुँडी हुदै आएको खोलाको बाढीले उक्त खोलामा बनाइएका घट्ट समेत बगाएको र मानवीय क्षती बारेमा एकिन भएको छैन ।बिहीबार आएको असिना पानी र हावाहुरीले ठुलो क्षती पुर्याएको छ ।
किसानहरुले खेत रोपाइका लागि राखिएका धानको बीउ समेत बगाएर लगाएको बुढीगंगा नगरपालिका–१ कुडी स्थानीय भरतराज उपाध्यायले बताएका छन् । जिल्लाको तल्लो क्षेत्रमा आएको असिना पानीले पाकेको गहुँमा समेत क्षती पुर्याएको उपाध्यायले बताए ।
घट्टखोलामा आएको बाढीले गर्दा साँफे मार्तडी राजमार्ग सडक समेत अवरुद्ध बनेको छ । खोलाले बगाएर ठुला ढुंगाहरु सडकमा पन्छ्याएपछि सडक भत्किएको वडाध्यक्ष थापा बताउँछन् ।









