अछाम : जिल्लामा कोरोना भाईरसको संक्रमणबाट थप एक जनाको मृत्यु गएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ का ५८ बर्षिय महिलाको मृत्यु भएको छ ।
ति महिलामा सास फेर्न गाह्रो हुने, बान्ता गर्ने भएपछि आफन्तले उपचारको लागि बयालपाटा अस्पताल पुरयाएका थिए ।
कोरोना संग लक्षण मिल्दो जुल्दो देखिएपछि उनको अस्पतालमा एन्टीजेन परिक्षण गरिएको बयालपाटा अस्पतालले जनाएको छ । एन्टीजेन परिक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो । आजै जिल्ला अस्पतालमा बान्निगढी जयगढ गाउँपालीका ६ दर्नाका ४५ बर्षिय पुरुषको मृत्यु भएको थियोे ।
यो संगै अछाम जिल्लामा कोरोना संक्रमणबाट दोश्रो लहरमा ६ जनाको मृत्यु भईसकेको छ ।