Advertisement
SKIP THIS
बाजुरामा किशोरीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा २ जना पक्राउ

बाजुरा: किशोरीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा बाजुरा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। 

सोमबार राति जिल्लाको त्रिवेणी नगरपालिका–९ मलालगाउँमा बिहे हेर्ने गएका बेला सोही नगरपालिका–८ पन्ताली बस्ने १४ वर्षीया किशोरीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा २ जना पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–८ का १६ वर्षीय सुमन गिरी र सोही ठाउँका शिखर थापा रहेका छन्। 

पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए।  

तपाईको प्रतिक्रिया