Advertisement
SKIP THIS
सुदूरपश्चिम प्रदेश प्रमुख पन्त पदमुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्।

उनले सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन्। साथै उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पनि गरेकी छन्।

बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया