Advertisement
SKIP THIS
मन्त्री शाहले बयालपाटा अस्पतालमा पिसिआर मेसिन जडान गरिने भनेर ढाटेको १० महिना भन्दा बढी

तारामान खड्का अछाम:सुदुरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले अछाम पुगेर बयालपाटा अस्पतालमा पिसिआर मेसिन जडान गरिने भनेर जनतालाई ढाटेको १० महिना भन्दा बढी भएको छ ।

उनले गत असार असार २८ गते बयालपाटा अस्पतालमा पिसिआर मेसिन सञ्चालनको लागि दक्ष जनशक्ति आवश्यक भएका कारण केही ढिलाई भएको बताउँदै उनले साउन महिना भित्रै पिसिआर मेसिन जडान गरिने बताएका थिए ।

केन्द्र सरकारसँग छलफल भईरहेको बताउँदै चाँडै अछाम र बाजुराका जनताको चेकजाँचमा सहजता ल्याउन मेसिन सञ्चालन गरिने बताएका थिए ।मन्त्री शाहले घोषणा गरेको १० महिना भन्दा बढी हुन लाग्दा समेत बयालपाटा अस्पतालमा पिसिआर मेसिन जडान कुनै सुर सार देखिएको छैन ।

तपाईको प्रतिक्रिया