काठमाडौ । कोरोना पुष्टि भएर गत शनिवार अस्पताल भर्ना गरिएकी पूर्वरानी कोमल शाहलाई आईसीयूमा भर्ना गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिवार नर्भिक अस्पताल भर्ना गरिएकी पूर्वरानी शाहलाई अक्सिनजको मात्र कम देखिएपछि उनलाई आईसीयूमा सारिएको अस्पतालले जनाएको छ। यस अघि घरमै आइसोलेसनमा रहेकी उनीलाई सामान्य स्वास्थ्य समस्या देखिएपछि अस्पता भर्ना गरिएको थियो ।
‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो। अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ। बाँकी स्वास्थ्य समस्या देखिएको छैनु, नर्भिक अस्पतालले भनेको छ। कोरोना पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहसंगै अस्पताल भर्ना भएकी थिइन् । उनीहरु भारतको कुम्भमेलामा सहभागी भएर आएपछि संक्रमित भएका हुन् ।
अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। उनी अहिले पनि अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन्। पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य रहेको जनाइएको छ।
यो पनि पढ्नुहोस्अ – स्पताल भर्ना गरिएकी प्रचण्ड पत्नी सीता दाहालको आईसीयूमा उपचार
काठमाडौ । फेरी स्वास्थ्यमा समस्या आएर मंगलवार अस्पताल भर्ना गरिएकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई आइसीयुमा राखेर उपचार सुरु गरिएको छ । उनलाई स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।
प्रचण्डको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार सीताको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार विहानै मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । तर,स्वास्थ्यमा कुनै सुधार नआएपछि आईसीयूमा राखेर उपचार गरिएको छ।
उनी पार्किन्सन्स्जस्तै जटिल रोग पीएसपीवाट ग्रसित छन् । छोरा प्रकाशको मृत्यु पछि उनको स्वस्थ्य थप जटिल बन्दै गएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पत्नी सीताको उपचारका लागि विदेशका अस्पतालहरुमा समेत लगिसकेका छन् । छोरी गंगा दाहालले आमालाई दुई दिनदेखि शरीरमा सोडियमको कमी र पिसावमा ईन्फेक्सन भएका कारण अस्पताल भर्ना गरिएको बताएकी छन्।
‘अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार छ। चासो व्यक्त गरी स्वास्थ्य लाभ र शुभेच्छा प्रदान गर्नुहुने सवैमा आभार तथा धन्यवाद,’ उनले सामाजिक सञ्जालमा भनेकी छन्। यसअघि पुस १५ गते पनि सीताको स्वास्थ्यमा थप समस्या आएपछि सोही अस्पताल भर्ना गरेर उपचार गरिएको थियो।