Advertisement
SKIP THIS
सुदूरपश्चिममा थप १९७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि

धनगढीः सुदूरपश्चिममा थप १९७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० नमूना परीक्षण गर्दा १९७ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

संक्रमितहरुको ठेगाना भने अस्पतालले खुलाएको छैन। हाल अस्पतालमा ४२ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये २ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, २५ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

तपाईको प्रतिक्रिया