Advertisement
SKIP THIS
पुरानो अवस्थामा फर्काईयो बुढीगंगा नदि

निराकरण सम्वाददाता अछाम:अछामको साँफेबगर हुँदै बग्ने बुढीगंगा नदिलाई आईतवार पहिल्यैको अवस्थामा फर्काईएको छ।

साँफेबगर नगरपालिकाको वडा नं ३ सिद्धेश्वर र वडा नं ४ मष्टामाण्डौ अन्तरगत साँफे मंगलसैन सडकको पक्कि पुलदेखि नर्सरीसम्म नदिलाई एकीकृत गरि पहिल्यैको अवस्थामा फर्काईएको हो।

नदिलाई पुरानै धारमा फर्काउदा पुलबजार, साफेबगर बिमानस्थल, साफेबगर नगरपालिका कार्यालय तथा नर्सरी क्षेत्रको खेतीयोग्य जमिन कटान नियन्त्रणमा आउने भन्दै साँफेबगर नगपालीकाको आफ्नै डोजर र ट्याक्टर प्रयोग गरेर नदिलाई पहिल्यैको अवस्थामा फर्काईएको हो।

गत बर्ष बुढीगंगा नदिमा आएको बाढीले वडा नं ४ मष्टामाण्डौमा खेतीयोग्य जमिन कटानका साथै २०४० सालमा बनाईएको नर्सरी समेतलाई कटान गरेको थियो ।

बर्षाको समयमा आउने बुढिगंगामा आउने बाढीका कारण पुलबजार, साँफेबगर नगरपालिका कार्यलय,साँफेबगर बिमानस्थल,उच्च जोखिममा रहेको छ।बर्षाका कारण आउने बाढीले सो ठाउँका बासिन्दाको निन्दा समेत हराउने गरेको छ।

तपाईको प्रतिक्रिया