Advertisement
SKIP THIS
बाजुराको अम्काेट पहिरोमा ट्याक्टर दुर्घटना : अछामका नितज बुढाको मृत्यु

बाजुरा: साफेँ मार्तडी सडकखण्ड अन्तरगत बाजुराको बुढिगंगा नगरपालिका १ को बल्दे नजिकै अम्काेटको पहिरोमा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटनामा परी  १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।

मृत्यु हुनेमा अछामको मेल्ललेख गाउँपालिका वडा नम्मर १ का नितज बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन । सोही ट्याक्टरमा रहेका अर्का बाजुराको त्रिबेणी नगरपालिका १ छताराका कृष्ण बुढा घाईते भएका छन प्रहरी प्रमुख महराले बताए ।

मार्तडी आउदै गरेका साहु रमेश बुढाको से १ च ३१७९ नम्मरको ट्याक्टर बिहान साढे ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।सो ट्याक्टरका चालक कैलालीका बिजय चौधरी प्रहरी नियन्त्रणमा लिइसकेको प्रहरी प्रमुख महराले बताएका छन । चालक चौधरीको लाइसेन्स समेत नभएको पाइएको प्रहरी प्रमुख महराले बताएका छन ।

बर्षाको समयमा भत्केको साफेँ मार्तडी सडक खण्ड अन्तरगत बल्दे देखी हरडे खोला सम्मको सडक सुधार नभएका कारण सो सडक जोखीममा रहेको छ । यस अघि पनि बिभिन्न समयमा ट्रक र ट्याक्टर दुर्घटना भइसकेका छन ।

सम्बन्धीत निकायको ध्यान नजादा धेरैको ज्यान जान सक्ने भएको स्थानीयले बताउने गरेका छन । सो सडकको स्तरउन्नती गर्न कसैको ध्यान नगएकोमा स्थानीय चिन्तीत बनेका छन ।

तपाईको प्रतिक्रिया