धनगढी:धनगढी विमानस्थललाई एयरबस र बोइङ उड्नसक्ने बनाइने भएको छ।
सरकारले धनगढी विमानस्थलसहित तराईका विराटनगर र नेपालगन्ज गरी ३ आन्तरिक विमानस्थललाई सानो एयरबस र बोइङ जहाज अवतरण गर्न सक्ने गरी विस्तार गर्ने योजना बनाएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमानस्थललाई हब विमानस्थलका रूपमा विकास गर्न ५ वर्षभित्र ८१ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरेको छ।
प्राधिकरणका अनुसार तराईका विमानस्थलहरूको धावनमार्ग कम्तीमा पनि १२ सेन्टिमिटर मोटाइको हुने र सबै विमानस्थल रात्रिकालीन उडान गर्न योग्य बनाइने बताइएको छ।
त्यस्तै हिमाली र पहाडी विमानस्थलमा सम्भव भएसम्म ४२ सिट क्षमताको एटिआर लैजान मिल्ने गरी विस्तार गरिने जनाइएको छ।
धनगढी विमानस्थलमा मात्रै १२ अर्ब ४० करोड खर्चेर २५ सय ५० मिटर लामो धावनमार्ग बनाइने योजना रहेको छ।