Advertisement
SKIP THIS
खप्तड मालिका यातायात प्रालीका अध्यक्ष र पुर्ब अध्यक्ष सहित चार जना पक्राउ

धनगढी: धनगढीको खप्तड मालिका यातायात प्रालिका पदाधिकारी दुई समूहमा विभाजित भएपछि विवाद चर्किएको  छ । बिहिबार एक आपसमा झगडा परेपछि कैलाली प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

प्रकाउ पर्नेमा खप्तड मालिका यातायात प्रालीका अध्यक्ष दिल बहादुर खलौला, पुर्ब अध्यक्ष अनन्तराज जोशी र अन्य दुई जना रहेका छन् ।  लामो समयदेखी बिवादित रहेको खप्तड मालिका यातायातमा बहुमतबाट दिल बहादुर खलौला अध्यक्ष बनेका थिए । अध्यक्ष बनेका दिल बहादूर खलौलालाई अनन्तराज जोशी समुहले स्वीकार्न सकेको थिएन् ।  

दुबै समुहले एक अर्काको अस्तित्व नस्वीकारेपछि बिवादकै बिच सवारी साधन सञ्चालन भइरहेका थिए । कार्यतालिका अनुसार सवारी सञ्चालन नगरी जोशी समुहले आफुखुसी गाडी चलाउन खोजेको भन्दै खलौला समुहले बस बसपार्कबाट हिँड्न दिएको थिएन् ।

त्यसपछि भएको बिवाद साम्य नभएपछि जोशी र खलौला सहित ४ जनालाई सोधपुछका लागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले बताए।

 बसपार्कमा हात हालाहाल समेत भएकोले  दुबै समुहको बिवाद मिलाउनका लागी बसपार्कबाट  नियन्त्रणमा दिएको उनले बताए ।   प्रालीमा दुई समुहबिच राजनितिक बिवाद बढेपछि बस सञ्चालनमा समेत एक अर्का समुहले अवरोध गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया