निराकरण सम्ववादाता अछाम:१५ दिन पहिला भारतको गुजरातबाट आएका अछामका एक जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ।
जिल्लाको साँफेवगर नगरपालीका वडा ६ भाग्यश्वरका ६५ वर्षीय पुरुषको बिहीबार बिहान ७:३० बजे जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय अछामका सुचना अधिकारी देव जोशिले जानकारी दिए।
बयालपाटा अस्पतालमा परिक्षण गर्दा उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि पछि उनलाई बुधबार नै जिल्ला अस्पतालको आईसोलेसनमा राखेर उपचार गरिएको थियोे । यो सङ्गै अछाममा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ।