डोटी:डोटीबाट अत्तरिया गईरहेको नेपाली सेनाको गाडी दुर्घटना भएको छ ।
दिपायलबाट अत्तरिया तेघरीका लागि छुटेको सुप ३०१००१ ग ३७३२ नम्बरको गाडी जोरायल गाउँपलिका वडानम्बर १ गैरास्थित घण्टेश्वरमा दुर्घटनामा भएको प्रहरीचौकी घण्टेश्वरले जनाएको छ । प्रहरीका अनुसार, मानवीय क्षती भने भएको छैन ।
वर्षाका कारण ओरालोबाटोमा विपरितदिशाबाट आइरहेको गाडीलाई ओभरटेक गर्दा चिप्लीएर पल्टेको जनाइएको छ ।