Advertisement
SKIP THIS
आरटीआई सञ्जाल साँफेबगरद्धारा पत्रकार महासंघका नव निर्वाचीत पदाधिकारीहरुलाई सम्मान

निराकरण सम्वाददाता अछाम:सुचनाका लागि राष्ट्र्ीय सञ्जाल आरटीआई साँफेबगर नगरपालीकाले नव निर्वाचीत पत्रकार महासंघ सुदूरपश्चीम सदस्य तथा पत्रकार महासंघ अछामका पदाधिकारीहरुलाई सम्मान गरेको छ ।

आरटीआई साँफेबगर नगरपालीका संयोजक बैजती कुवरको अध्यक्षतामा भएको सम्मान कार्यक्रमा पत्रकार महासंघ सुदूरपश्चीम सदस्य तपेन्द्र कुँवर ,पत्रकार महासंघ जिल्ला शाखा अछामका नव निवाचीत अध्यक्ष खम्म सिंह खत्री, उपाध्यक्ष गीता कुँवर,सह सचिव सरिता खड्का र सदस्य तारामान खड्कालाई सम्मान गरिएको छ ।

आरटीआई सञ्जाल र पत्रकारको उदेश्य एउटै भएको हुदाँ आरटीआई सञ्जालले गर्ने काममा पत्रकार महासघं अछामको सदैव सहयोग महासघं अछामका अध्यक्ष खम्म सिंह खत्रीले बताए ।

कार्यक्रमको स्वागत एफएमडिसीका जिल्ला संयोजक गणेश तिरुवाले गरेका थिए भने,सञ्चालन आरटीआई साँफेबगरका सदस्य पुजा बुढाले गरेकी थिएन ।

तपाईको प्रतिक्रिया