Advertisement
SKIP THIS
अछामका सिडिओ मल्लले अछामलाई आसाम र अच्छाम लेखेपछि

अछामका सिडिओ मल्लले अछामलाई आसाम र अच्छाम लेखेपछि

निराकरण सम्वाददाता अछाम :अछामका प्रमुख जिल्ला अधिकारी रुद्र मल्ल विवादमा तानिएका छन् । धादिङको सहायक प्रमुख जिल्ला अधिकारी  रहेका मल्ल हाल मात्रै अछामको प्रमुख जिल्ला अधिकारी बनेर आएका छन।

मल्लले अहिले सामाजिक सञ्जाल फेसबुकमा फोटो राखेर अछामको नाम बिगारेर अछामलाई आसाम र अच्छाम लेखेको भन्दै उनको चौतर्फी बिरोध हुन थालेको छ।                                         

मल्लले प्रमुख जिल्ला अधिकारीको कुर्सीमा बसेर आज बाट अच्छाममा कार्यबार समालियो भनेर पहिलो पोष्ट लेखेका छन ।

यस्तै उनले अर्को पोष्टमा जिल्लाको पञ्चदेवल, मध्यपहाडी राजमार्ग अन्तरगत कर्णाली पुल लगायतका ठाउँका फोटो राख्दै (Interaction & monitoring in Assam) अनुगमन र अन्तरक्रिया कार्यक्रम आसाम भनेर लेखेका छन ।                         

यस बारेमा प्रजिअ मल्ललाई सोध्धा केही प्रवाधिक कारणले गलत भएको र आफुले पोष्ट हटाईसकेको र क्षमायाचन गरिसकेको बताए ।

तपाईको प्रतिक्रिया