कमल रावल अछाम:अछामको चौरपाटी गाउँपालिकाले जनप्रतिनिधि आईसकेपछि ३ बर्षको अवधिमा गरेका कामको श्वेत पत्र मार्फत घोषणा गर्दै सार्वजनिक गरेको छ ।
मुख्य उपलब्धिको रुपमा गाउपालिकाले गरेका काम श्वेत पत्र घोषणा सहित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
जनप्रतिनिधिको नेतृत्वमा दिगो विकास, सुशासन, सामाजिक रुपान्तरणका क्षेत्रमा भएका थुप्रै काम मध्ये १०१ कामलाई सुचिबद्ध गर्दै गाउपालिकाले श्वेत पत्र मार्फत चौरपाटि गाउपालिकाका अध्यक्ष हर्क बहादुर साउदले सार्वजनिक गरेका थिए ।
गाउपालिकाले पुर्वाधार बिकास, सामाजिक बिकास, आर्थिक बिकास र सँस्थागत विकास तथा सेवा प्रवाह बारेमा अध्यक्ष साउदले पत्रकार माझ सार्वजनिक गरे ।
पत्रकार सम्मेलनमा पालिका भित्रका सबै वडामा सडक सन्जाल बिस्तार, विधुत लाईन बिस्तार, विधुत विस्तार नभएको टोलमा ४ सय ९५ घरधुरीमा सौर्य उर्जा वितरण, ५ हजार बढि रिचार्ज पोखरी निर्माण, जिल्लामै पहिलो साक्षर गाउपालिका घोषणा, सुदुरपश्चिम भरि ढिके नुन प्रतिबन्ध गर्ने पहिलो पालिका, चप्पल उधोग स्थापना, कोदो सँरक्षणका लागि फलेको कोदोसँग चामल सटहि गरि कोदो बजारिकरण गरि कैलालीका बिभिन्न शहर पठाएको, स्वरोजगार मेला आयोजना गरि बेरोजगार युवाहरूको तथ्याक सँकलन गरि १ सय ६९ जनालाई स्वरोजगार बनाईएको लगाएतका कामको शुचि अध्यक्ष साउदले प्रस्तुत गरेका छन ।
श्वेत पत्रमा समाबेश भएका बुदामा पत्रकार सम्मेलनमा पत्रकारले सामाजिक बिकास भन्दा भौतिक बिकासलाई बढि प्राथमिकता दियो भन्ने बिषयमा राखेको प्रश्नमा अध्यक्ष साउदले आगामि दिनमा सुझावलाई ग्रहण गर्दै अझै जनताको पक्षमा काम गर्ने बताए ।
पत्रकार सम्मेलनमा गाउपालिका उपाध्यक्ष माया कुवरले न्यायिक समिति मार्फत भएका कार्यसम्पादन तथा कर्मचारी सयन्त्र मार्फत भएका कामको बारेमा निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा ७ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार महासघ अछामका अध्यक्ष खम्म खत्रि, जिल्ला स्थित सम्पुर्ण पत्रकारको सहभागिता रहेको थियो ।
उपाध्यक्ष माया कुवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन गाउपालिकाका प्रेस सल्लाहकार राजेन्द्र कुवरले गरेका थिए।