अछाम : अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ७ पुल्लेतोला रजाँञ्या निवासी जक्ति कामीकी ५३ बर्षीषा श्रीमती धर्मादेबी कामीको घाँस काट्न गएका बेला भीरबाट खसेर ज्यान गएको हो ।
उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको आज अन्तिम दाहसंस्कार गरिने छ ।
मृतक कामीका श्रीमान् २ छोरा र ४ छोरी रहेका छन् ।