Advertisement
SKIP THIS
सेती नदी ६ जलाशय युक्त आयोजनाको सार्वजनिक सुनुवाई चौरपाटीमा सम्पन्न

चौरपाटी अछाम :सेती नदी ६ जलाशययूक्त आयोजनाको वातावरणिय प्रभाव मुल्यांकन अध्ययनको सार्वजनिक सुनुवाई चौरपाटी सम्पन्न भएको छ ।

नेपाल सरकार उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय विद्युत विकास विभाग सानो गौरचरण काठमाण्डौको आयोजनामा चौरपाटी गाउँपालिका र मंगलसेन नगरपालिका स्थानिय सरोकारवालासँग अन्तरक्रिया सँगै सार्वजनिक सुवाई गरिएको हो ।

वातावरण अध्ययन कार्य टोली प्रमुख डा.ज्योती प्रसाद गजुरेलले आयोजना निर्माणका लागि हालको अवस्थामा रु. ९१ अर्ब रकम आवश्यक रहेको भन्दै मुआब्जाका लागि मात्र रु. ४५ करोड बढी रकम वितरण हुने बताए ।

डा. गजुरेलले वातावरणिय अध्ययनबाट अछाम र डोटीका विभिन्न स्थानिय तहका ८८४ घरदुरीमा प्रत्यक्ष असर पर्ने देखिएकाले सबै घरदुरीलाई सरकारले उचित ब्यवस्थाका साथ मुआब्जा दिने बताए ।

आयोजना निर्माण गर्दा हालको अवस्थासम्म १ लाख ४१ हजार रुख काट्नु पर्ने, थुप्रै खेती योग्य जमिन, पानी घट्ट, गाईगोरु गोठ समेत डुबानमा पर्ने भएकोले सरकारले सबैको क्षतिपूर्ति दिने बताए ।
विद्युत विकास विभागका ईञ्जिनियर राकेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद रहेका थिए । प्रमुख अतिथि साउदले आयोजनाबाट क्षती हुन जाने सम्पूर्ण समुदायका लागि सरकार ब्यवस्था मुआब्जा दिने भन्दै आयोजनालाई निर्माणका लागि स्थानिय बासिले सहयोग आग्रह गरे।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुँवरले आयोजना निर्माण गर्दा जिल्लाका चौरपाटी गाउँपालिका वडा नं. ०४ को तल्ला क्षेत्र र मंगलसेन न.पा.का १,२,३ वडाका तल्लो क्षेत्र समेत जोखिममा पर्न सक्ने भन्दै जोखिम क्षेत्र थप गर्न आग्रह गरे ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिवालय सदस्य राम बहादुर थापा, नेपाली काँग्रेस चौरपाटी गाउँपालिका सभापती गणेश बहादुर शाह, चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापा, मंगलसेन नगरपालिका वडा नं. ०३ का वडा अध्यक्ष पदम भाट, चौरपाटी गाउँपालिका वडा नं. ०१ का वडा अध्यक्ष शालिभान साउद लगायतले मनतब्य राखेका थिए । परामर्श दाता सविन भण्डारीले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन चौरपाटी गाउँपालिकाका एमआईएस अपरेटर कालु सिंह बोहराले गरेका थिए।

तपाईको प्रतिक्रिया