टीकापुर:मालपोत कार्यालय टीकापुर अगाडि महादेव चौधरी सञ्चालक रहेको टीकापुुर डेस्कटपले एकप्रति फोटोकपि गरेको १० रुपिया लिएपछि एकजना उपभोक्ताले हेलो सरकारमा उजुरी गरेका छन् ।
हेलो सरकारमा उजुरी परेपछि प्रशासनले यसमा चासो राख्दै अनुगमन गर्दा केही पसले लागत भन्दा तीन सय प्रतिशत असूली गरेको पाइएको छ ।
।
टीकापुर नगरपालिकाको बजार अनुगमन समितिले स्थलगत अनुगमन गर्दा मालपोत कार्यालय टीकापुरको अगाडि रहेको टीकापुर डेस्कटपले एकप्रति फोटोकपिको दश रुपियाँ र ठूलो साइजको एकप्रतिको २५ रुपिया लिने गरेको भेटिएको छ । चौधरीले फाटोकपि गर्दा लागत कति लाग्छ भन्ने हिसाव नगरेको तर दश रुपियाँ लिने गरेको बताए ।
चौधरीको जस्तै मालपोत गेटमै रहेको कुनाल ट्रेड सप्लायर्सले पनि त्यत्ति नै महंगो लिने गरेको पाइएको छ ।टीकापुर बजारका पसलमा पाँच रुपियाँमा फोटो कपि गर्न पाइन्छ । मालपोत अगाडि नै रहेको के एण्ड पी डिजिटल प्रिन्टिङका सञ्चालक जनकराज उपाध्याय र लेखापढी कानून व्यवसायीको पसलका कर्मचारी शीत्तल खडका पाँच रुपिया नै लिने गरेको बताउछन् ।
ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख शंकरबहादुर विष्टले हेलो सरकारमा उजुरी परेपछि अनुगमन गरिएको बताउदै बजारमा चलेकै मूल्यमा सेवा दिन र अब बढी लिएको पाइएमा कालोबजारी गरेको मानी ऐन अनुसार कारवाही गरिने चेतावनी दिएर छोडेको बताए ।