Advertisement
SKIP THIS
ढिके नुन प्रतिबन्ध गर्ने सुदुरपश्चिमको पहिलो स्थानीय तह चौरपाटी गाउँपालिका

निराकरण सम्वाददाता अछाम: अछामको चौरपाटी गाउँपालिका सुदुरपश्चिममै ढिके नुन प्रतिबन्ध गर्ने पहिलो स्थानीय तह बनेको छ। गाउँपालिकाले आर्थिक बर्ष २०७६/ ०७७ मा नै ढिके नुनलाई प्रतिबन्ध गरिसकेको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले बताए ।

स्वास्थमा प्रत्यक्ष असर पार्ने भएकाले ढिके नुनलाई चौरपाटी गाउँपालिकामा बिक्री वितरण कार्य रोक लगाईएको अध्यक्ष साउदले बताए ।

हाल ढिके जुन प्रतिबन्ध लगाउदा केही ब्याक्तिलाई नोक्सान भएपनि समग्रमा गाउँपालिकामा बसोबास गर्ने २५ हजार नागरिकलाई फाइदा हुने उनलेे बताए ।

गाउपालिकामा बार्षिक १ हजार क्विन्टल हुन आवश्यक पर्ने अनुमान गरिएको ,आयोडिन नुनकै कारण हुन सक्ने रोग हरु अबको १० बर्षमा चौरपाटी गाउँपालिकामा पुर्ण रुपमा देख्न नपाईनेमा आफू विश्स्सत रहेको अध्यक्ष हर्क बहादुर साउदले बताए ।

यस्तै बिच शुक्रबार आयोडिन नुन बारे सचेतना कार्यक्रम समेत गरिएको छ। राष्ट्रिय सभामा सदस्य शेर बहादुर कुवरको प्रमुख आथित्यमा सम्पन्न भएको हो। साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीको प्राविधिक सहयोग र चौरपाटी गाउँपालिकाको आयोजना कार्यक्रम सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया