निराकरण सम्वाददाता अछाम: ईलाका प्रहरी कार्यलय बेलौरी मोटरसाईकल सहित अबैध समान बरामद गरेको छ।
बुधबार ईलाका प्रहरी कार्यलय बेलौरी बाट खटिएको प्रहरीले बेलौरी नगरपालिका वडा नम्बर ७ पौलाहा बाट भंसार छली ल्याएका करिव ८३ हजार ६ सय ३० बराबरका बिधुतिय समाग्रि बरामत गरिएको हो।
बरामत गरिएको समाग्रि त्रिनगर भन्सार कार्यालय कैलाली पठाईने ईलाका प्रहरी कार्यलका प्रमुख कमल खड्काले बताए ।
यस्तै ईलाका प्रहरी कार्यलय बेलौरी बाट खटिएको नै मंगलबार बेलुका ५ बजेतिर बेलौरी नगरपालिका वडा नम्बर ७ नकैया स्थितबाट भन्सार छली पैठारी गरी ल्याएका पलाष्टिकको बाटा १५ थान,पलाष्टिकको कुर्ची थान २४ ,सिसाको गिलास थान ६९ लगायतका अन्य सामाग्री करिव २२ हजार ,८० बराबरका सामाग्री बरामत गरि आवश्यक कार्वाहीको लागी त्रिनगर भन्सार कार्यलय कैलाली पठाईएको प्रहरी प्रमुख खड्काले बताए ।