निराकरण सम्वाददाता अछाम :साँफेबगर नगरपालिकामा गठित साँझेदारी मंचको वैठक आज साँफेबगरमा सम्पन्न भएको छ । साँफेबगर नगरपालिकाका र एफएमडिसीको संयुक्त आयोजनामा वैठकको आयोजना भएको थियो । साँफेबगर नगरपालिकाका प्रमुख तथा साँझेदारी मंचका अध्यक्ष कुलबहादुर कुँवरको अध्यक्षतामा वैठक सम्पन्न भएको हो ।
साँझेदारी मंचको वैठकले महत्वपूर्ण निर्णय गरेको छ । एफएमडिसीसँगको सहकार्यमा कृषि अनुदान नीति, सुशासन नीति, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण नीति तयार गर्ने र नगरका १४ वटै वडामा भूमिहिनका विषयमा ड्राफ्ट तयारको लागि अघि बढ्ने निर्णय गरेको छ ।
यस्तै एफएमडिसी, नागरिक समाज सञ्जाल र साँझेदारी मंचमा छलफल भएका विषयलाई नगरपालिकामा पेश गर्ने, एफएमडिसी अन्र्तगत पारस्पारिक जवाफदेहिता परियोजनाको सम्झौता नभएको खण्डमा नगरपालिकाले आफू मातहतमा लिएर कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको नागरिक सञ्जाल समाजका अध्यक्ष वलबहादुर केसीले जानकारी दिए। यस्तै साँफेबगर नगरपालिकामा आमावुवा गुमाएका सम्पूर्ण व्यक्तिको तथ्याक संकलन निर्णय पनि भएको छ ।
वैठकको समापन गर्दै साँफेबगर नगरपालिकाका प्रमुख तथा साँझेदारी मंचका अध्यक्ष कुलबहादुर कुँवरले एफएमडिसी अन्र्तगत पारस्पारिक जवाफदेहिता परियोजनाको सम्झौता सकिएपनि उक्त मातहतका सम्पूर्ण क्रियाशिल समितिको निरन्तरताको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनलेे नगरका १४ वटै वडामा रेडियो श्रोता क्लव र आरटीआई सञ्जाल गठनको लागि आवश्यक नगरपालिकाबाट सहयोग हुने पनि बताए । वैठकमा साँफेबगर नगरपालिकाका प्रवक्ता वालगिरी कुँवर, वडा नं ३ शिद्देश्वरका अध्यक्ष कृष्ण वुढा, वडा नं.५ का अध्यक्ष उजिर साउद, कार्यपालिका सदस्य शंकर भूल, वडा सदस्य राजेन्द्र कोली, स्वास्थ्य शाखाका प्रमुख पुष्प वुढा, पशु शाखाका प्रमुख पदम थापा, विपद शाखाका प्रमुख नृप विश्वकर्मा, सूचना प्रविधि अधिकृत कविता कुँवर, साँझेदारी मंचका सदस्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण नागरिक समाज संजालका अध्यक्ष वलबहादुर केसीले गरेका थिए।