Advertisement
SKIP THIS
अध्यक्ष वोहराको टोलीद्धारा बुढीगंगा हाईडोपावर निमार्ण स्थलमा निमार्ण भइरहेको पुलको अनुगमन

निराकरण सम्वाददाता अछाम: मेल्लेख गाँउपालिका अध्यक्ष लोकवहादुर वोहरा नेतृत्वको एक टोलीद्धारा बुढीगंगा हाईडोपावर निमार्ण स्थलमा निमार्ण भइरहेको पुलको अनुगमन निरिक्षण गरेको छ ।

मेल्लेख गाउँपालिकालाई जोड्न फास्ट ट्रयाकको रुपमा मानिएको ठाठी हात्तीकोट मेल्लेख सडकलाई तत्काल सुचारु गर्नको लागी होम पाईपको सहायताले अस्थायी काठको पुल निमार्ण समेत गर्न लागिएको अध्यक्ष लोकवहादुर वोहराले बताए ।

मंगलबार काम सुरु गरेर दुई तीन दिनमा काम सक्ने लक्ष्य लिइएको उनको भनाई छ । पुल निमार्णको काम भईरहदा गाडी आवतजावतको असहजताले हात्तीकोट र कुस्कोटका जनतालाई सास्ती भोग्न नपरोस भनेर अस्थायी पुल निमाण गरिएको उपाध्यक्ष धनवहादुर शाहिले बताए ।

अनुगमन निरिक्षणमा गाउपालिका अध्यक्ष लोकवहादुर वोहरा, उपाध्याक्ष धनवहादुर शाही, नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री, पत्रकार लालवहादुर चदारा लगाएतको सहभाभगिता रहेको थियो ।

तपाईको प्रतिक्रिया