डोटी -नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूकाे दुर्घटना तथा जाेखिम बिमा गरिएकाे छ ।एशियन लाईफ ईन्स्याेरेन्स दिपायलले एक लाख बराबरकाे बिमा गरिदिएकाे प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले जानकारी दिएका छन् ।
एशियन लाईफ दिपायलका शाखा प्रबन्धक नवराज पण्डीतले समाजसेवाका लागि पत्रकारहरू निरन्तर जाेखिमका साथ खटिरहने भएकाले शाखाले युनियनको अनुरोध स्वीकार गर्दै दुर्घटना तथा जाेखिम बिमा गरि दिएकाे पण्डितले बताए ।
उनले भने ,ज्यानकाे बाजि राखेर समाज रूपान्तरणका लागि भुमिका खेलेकाले सम्मान स्वरूप बिमा गरिदिएकाे हो । आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने परिबध्द्ता व्यक्त गरे । शाखाले ५० तथा प्रेस युनियन डाेटीले २० जना वापतकाे बिमा शुल्क ब्यहाेरेकाे अध्यक्ष बमले बताए ।
डाेटीमा ०६५ सालदेखि शाखा संचालन गरेर सेवा दिदै अाएकाे एशियन लाईफ ईन्स्याेरेन्स डाेटीकाे पुरानाे बिमा कम्पनि हाे । एशियनले डाेटीबाट नै सबै प्रकारका बिमाहरूकाे भुक्तानी गर्दछ । जीवन बिमा काेष २३ अर्ब रहेकाे एशियन लाईफ नेपालकै अग्रणी कम्पनि भएकाे प्रबन्धक पण्डितले जानकारी दिए । एशियन लाईफकाे देशभर १४० शाखा कार्यालय रहेकाे छ ।
यस अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीर बहादुर बलायरकाे सहयाेगमा लुम्बिनी ईन्स्याेरेन्समा युनियन अावद्व ९२ पत्रकारहरूकाे काेराना बिमा गरिएकाे थियाे ।