धनगढी: सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलको कार्यालयले भागरथी भट्टको ह’त्याको सत्यतथ्य पत्ता लगाएर दो’षीलाई कार’बाहीको माग गरेको छ ।
दलको कार्यालयले विज्ञप्ती जारी गर्दै भट्टको घट’नामा सं’लग्न दो’षीलाई प’क्राउ गरी कानुनी कार’बाहीको दायरामा ल्याउन माग गरेको हो ।
दलको कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ –‘ कञ्चनपुर, महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको ब’ला’त्कार तथा ह’त्या घ’टना भएको दुई वर्ष बढी भइसक्यो, तर नेकपाको नालायक संघीय तथा प्रदेश सरकारले अझैंसम्म पनि ह’त्या घट’नाका दो’षिहरुलाई प’क्राउ गर्न सकेको छैन । भट्टको ह’त्या घ’टनामा सं’लग्न अ’पराधीहरुलाई छिटोभन्दा छिटो प’क्राउ गरी कानूनी कार’बाहीको दायरामा ल्याउन सरकारसंग जोडदार माग गर्दछौं ।’
दलका नेता रणबहादुर रावलद्धारा जारी विज्ञप्तीमा मृत’क किशोरी भागरथीप्रति श्र’द्धान्जली र शो’कसन्तप्त परिवारजनमा सम’वेदना व्यक्त गरिएको छ । दलका नेता रावलले पीडितका परिवारलाई उचित क्षतिपूर्तिका लागि पनि माग गरेका छन ।
बैतडीको दोगडाकेदार गाँउपालिका वडा नम्बर ७ चडेपानीका १७ वर्षीया भागरथी भट्ट’को बला’त्कार पछि गरिएको नि’र्मम ह’त्या गरिएको थियो । स्थानीय सनातन माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्यनरत छात्रा भागरथी गत साता बुधबार घरबाट विद्यालय गएकोमा शुक्रबार बिहान लडालेकको जंगलमा मृ’त अ’वस्थामा फे’ला परेकी छिन् ।