निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले शनिवार अछाममा प्रनिनिधि सभा विघटन बिरुद्ध बिरोध प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेसको निर्देशनमा शुभेच्छुक संस्थाहरुले आज देशभरीका ७७ ओटै जिल्लामा मौन ¥याली निकाल्दै बिरोध प्रदर्शन गरेका हुन् ।
टाउकोमा कालो पट्टी सहित सरकारले गरेका बेथिती बिरुद्ध लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै अछाम सदरमुकाम मंगलसेनमा मौन रुपमा मर्यादित ढंगले बिरोध प्रर्दशन गरिएको प्रेस युनियन अछामका सभापति टंक रिमाले बताए ।
शनिबारको बिरोध प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेसका सुभेच्छुक संस्थाहरु नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्राटिक लयर्स एसोसिएसन, नेपाल निजामती कर्मचारी युनियन(संघ), प्रजातन्त्रवादी प्राधापक संघ नेपाल, नेपाल प्रेस युनियन, प्रजातान्त्रिक महासंघर लोकतान्त्रिक गैर–सरकारी संस्था महासंघ लगायले मंगलसेनमा बिरोध प्रदर्शन गरेका हुन् ।
केपी ओली नेतृत्वको सरकारकाले संसद बिघटन गर्दै देशमा अस्थिरता, तानाशाहीपना, अराजकता लगायत सर्वसत्तावाद लाग्न खोजेकोकाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्टप्रति जिम्मेवार नागरिक स्वस्र्फत रुपमा आन्दोलनमा उत्रिएको प्रेस युनियनका केन्द्रिय सदस्य राम बहादुर कुवरले बताए ।