टीकापुर:नेपाल सरकारले भूमिहीनहरुलाई व्यबस्थित बसोबास होस् भनेर स्थानाीय तहमा समेत भूमिहीन लाई व्यबस्थापन गर्न सम्झौता गर्दै छ भने अर्काे तर्फ टीकापुर नगरपालिकाले ५ परिवारलाई भूमिहीन बनाउन थालेको छ ।
टीकापुर नगरपालिका वार्ड नम्बर ४ मा २०३२ साल देखि बसोबास गर्दै आएका ५ परिवारलाई नगरपालिकाले सडकको जग्गा भन्दै उनीहरुको उठिबास लगाउन थालेको छ ।
नगरपालिकाले उनीहरु बसेको ठाउँमा डोजर लगाएर खन्न थालेको छ ।‘‘नगरपालिकाले डोजर लगाउँदै छ हामीले रोकेका छौ, हामी प्रशासनलाई गुहार्दै छौ, पीडित बिशराम थारुले भने ‘‘ हाम्रो पुर्खाक पाला देखि बसेको बास वडाध्यक्षले आफ्नो स्वार्थका लागि उडाउँदैछन् ।’’ ‘‘तत्कालिन टीकापुर विकास समितिका रेञ्जर बुद्धिसागर त्रिपाठीको कमैया थियौ,त्यहाँ जग्गा खाली थियो बस्यौ , हामी संग बासका लागि अरु कुनै ठाउँ जग्गा छैन ।’’ चौधरीले भने।
सडकका लागि जग्गा प्रयाप्त भएपनि वार्ड नम्बर ४ का बडाध्यक्ष लालबीर चौधरीले ५ जनाको घर उजाडेर व्यक्तिलाई खुसि पार्न थालेको पीडितहरुको भनाई छ । १९० फिट जग्गा छ तर ४० ÷५० फिट सडकका लागि छोड्दा ती भूमिहीनहरुको बास बचाउन सकिने अवस्था भए पनि वडाध्यक्षले बलमिच्याई गर्दै आएको उनीहरुको भनाई छ ।
शुरुको नक्सामा सडक देखाएका धेरै ठाउँमा जसले भोग गरेको छ त्यहि जग्गा सरकारले उपलव्ध गराएको र त्यस क्षेत्रमा अझै पनि सयौं बिगाहा जग्गा ऐलानी रहेको उनीहरुको भनाई छ ।उता वडाध्यक्ष लालबीर चौधरी ले भने सडक अति’क्रमण गरेर बसेकाहरु भूमिहीन नभएको बताए।
‘‘सञ्चुरामको आमाले शिबिरमा जग्गा पाउनु भएको छ , रत्न प्रशाद पोख्रेलको टीकापुर व्लक नम्बर ६ मा जग्गा छ , भएको जग्गा बिक्री गर्दै खाने अनी सडकमा बस्ने कुरा राम्रो भएन,’’वडाध्यक्ष चौधरीले भने ‘‘ नम्बर जग्गावालाले पनि सडक खुलाई पाउँ भनि निबेदन दिएका छन। हामी त समस्या पर्यौ ।’’ नगरपालिकाले बर्षाै देखि बस्दै आएका जनताको भावना बुझेर अघि बढनुपर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले भने।
टीकापुर अति’क्रमणमा परेको छ त्यसैले सबैलाई एउटै नियम लागु हुन जरुरी छ । कसैलाई अति’क्रमण गर्न छुट दिने कसैको ४५ बर्ष देखि उपभोग गरेको जग्गा हडप्ने नीति आफैमा ग’लत छ । ’’ अधिकारीले भने।