Advertisement
SKIP THIS
अछाममा कोरोनाको पहिलो खोप स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले लगाए

राकेश ताम्राकार अछाम:अछाममा कोरोना भाइरस कोभिड १९ वि’रुद्धको खोप लगाउन सुरु गरिएको छ ।

मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले जिल्ला अस्पताल अछाममा व्यानर वाचन गर्दै जिल्ला अस्पताल अछामबाट सुरु गरिएको हो ।

अछाममा कोरोना भाइ’रस कोभिड १९ विरुद्धको पहिलो खोप स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गाना र जिल्ला अस्पताल नर्सिङ निरीक्षक गङ्गा बुढामगर लगाईन।

बुधवार पहिलो दिन स्वास्थ्य कार्यालय कार्यालय,जिल्ला अस्पताल अछाम,बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी,मंगलसेननगरपालिकाका स्वास्थ्यकर्मी, तथा महिला स्वास्थ्य स्वयंसेविका हरूलाई प्रदान गरिँदै छ ।

यस्तै खोप लगाउँदा हुन सक्ने अ’वाञ्छित घट’नाको व्यवस्थापनको लागि डा अतुल भारद्वाज, डा दिनेश गिरी, अस्पताल नर्सिङ निरीक्षक गङ्गा बुढामगर र हेल्थ असिस्टेन्ट धर्मराज जैसी सहितको टिम तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिए।माघ १५ गते बान्निगढी जयगढ गाउँपालिका, कमलबजार नगरपालिका र ढकारी गाउपालिकामा लगाईने स्वास्थ्य कार्यलय अछामले जनाएको छ।

यस्तै माघ १६ गते पञ्देवल नगरपालिका, तुर्माखाद गाउँपालिका,रामारोशन गाउँपालिकार मेल्लेख गाउँपालिका माघ १७ गत‌े साफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका माघ १८ गते कार्यलयको कामकाजको कारण तोकिएको मितिमा आउन नसकेका ब्याक्ती हरुमा लगाईने स्वास्थ कार्यलय अछामका जनस्वास्थ अधिकृत झपट राज ढुंगाना द्वारा हस्ताक्षरित सुचनामा भनिएको छ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वहानका सवारी चालक, सुरक्षाकर्मी लगायतका १८ वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट ढुंगानाले बताए ।

भारतबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा आजबाट लगाउन सुरु गरे अनुसार अछाममा पनि सोही अनुसार खोप अभियान संचालन गरिएको हो ।

तपाईको प्रतिक्रिया