राकेश ताम्राकार साफेबगर अछाम : डोटीमा बसेर सुदुरपश्चिमको पर्यटन बिकासमा सरकार भन्दा समेत बढी रुपमा सुदुरपश्चिमका प्रयटकीय क्षेत्रको प्रचारप्रसार लागि परेका होटल ब्यावसायि संघ सुदुरपश्चिमका अध्यक्ष डोटी उधोग बाणिज्य संघका महासचिवमा एवम् खप्तड होमस्टे झिक्रानाका सञ्चालक दिपक बहादुर खड्काको विशेष पहलमा अब अछामको प्रमुख ब्यापारीक केन्द्र साफेबगर र बझाङ सदरमुकाम चैनपुर बाट समेत भु स्वर्ग खप्तड उड्न पाईने भएको हो।
भूस्वर्गका रुपमा चिनिएको खप्तड घुम्नका लागि ‘हेली टूर’ गरिने भएको छ। माघ १४ गतेदेखि १८ गतेसम्म विशेष प्याकेज ल्याएर खप्तड हेली टूर गराउन लागिएको हो।अछामको साफेबगर र बझाङको सदरमुकाम चैनपुरको प्याकेज सहित लाग्ने रकम १२ हजार रहेको खड्काले निराकरण खबरलाई जानकारी दिए।
खप्तड होमस्टे झिक्राना डोटीको आयोजनामा दिपायलबाट खप्तडको त्रिवेणीमा हेली टूर गरिन थालिएको हो। कोभिड–१९ ले थला परेको पर्यटकीय क्षेत्रलाई थोरै भएपनि चलायमान गराउन ‘खप्तड हेली टूर’ अभियान थालिएको खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताए।
उनका अनुसार माघ १४ देखि १८ गतेसम्म हुने खप्तड हेली टूरमार्फत ३ सय जना आन्तरिक पर्यटकलाई खप्तड घुमाउने लक्ष्य रहेको छ।
खप्तड भ्रमणका लागि स्थलमार्गमार्फत् जान नसक्ने यात्रुका लागि एकै दिनमा खप्तड घुमेर फर्कने व्यवस्थासहित हेली टूर आयोजना गरिएको उनले बताए।
पैदल र सडक मार्ग हुँदै खप्तड जाने अवस्था नभएपछि खप्तड होमस्टे झिग्रानाले हेलिकप्टरमार्फत् खप्तड पुगाउने र त्यहाँ घुमाउने प्याकेज ल्याइएको होमस्टेका सञ्चालक खड्काले बताए।
उनले भने,‘हामीले पाँच दिनमा तीन सय पर्यटकलाई खप्तड पुर्याजउने योजना बनाएका छौँ।’