Advertisement
SKIP THIS
चौरपाटी गाउँपालिकाको ८ औं गाउँसभा सम्पन्न, यस्ता छन निर्णय

निराकरण सम्वाददाता चौरपाटी अछाम:चौरपाटी गाउँपालिकाको ८ औ गाउँसभा मंगलबार सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको गाउँसभाले आर्थिक वर्ष २०७८÷०७९ का लागि आन्तरिक आयको प्रक्षेपण सर्वसम्मती बाट स्वीकृत गरेको छ ।

गाउँ सभाले चालु आ.व. २०७७÷०७८ का स्वीकृत योजना तथा कार्यक्रमको समिक्षा र संशोधित कार्यक्रमहरु सर्वसम्मतीले पारित गरेको छ ।

यस्तै सभाले चौरपाटी गाउँपालिकाको वातावरण स्रोत संरक्षण विधेयक २०७७ तथा सक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधि २०७७ सर्वसम्मतीबाट स्वीकृत गरेको छ ।

यस्तै सभाले दमखेत मुहान तल्ला मल्ला ठाडिकाट्टे पम्प सेटिङ्गद्धारा खानेपानी योजनाको लागि गाउँपालिका तथा अन्य क्षेत्रबाट रकमको व्यवस्था गर्ने तथा ब्यवस्था नभए २०७८।०७९ को सम्बन्धित वडाको बजेटबाट विनियोजित भई स्वीकृत गर्ने निर्णय पारित गरेको छ ।

सभाले गाउँपालिकाको क्षेत्रमा भाडामा प्रयोग गरिने जे.सि.वि.र एक्जाभेटर जस्ता मेसिनरी साधन गाउँपालिकाको अर्थ सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ को दफा १० को अनुसुची ८ लाई शंशाेधन गरिएकाे छ ।

सभाबाट स्थानीय सार्वजनिक खरिद नियमावली २०७७ सर्वसम्मतीबाट पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया