निराकरण सम्वाददाता अछाम: केपी शर्मा ओलीले संबिधान माथी धा’वा बोल्ने चे’ष्टा गरेकाले काँग्रेस सडकमा उत्रि’न बाध्य भएको नेपाली कांग्रेस जिल्ला पार्टी सभापती भरत कुमार स्वार बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरुद्ध नेपाली काँग्रेस साफेबगर नगरपालिका वडा नं ८ चण्डीकालेले बिहीबार बयालपाटामा गरेको बिरोध सभालाई प्रमुख अथितीको आसन बाट बोल्दै सो कुरा बताएका हुन ।
कार्यक्रमा बोल्दै उहाँले केपी बली लोकतन्त्रको श’त्रुु भएर आएका कारण काँग्रेस यस्तालाई परा’स्त नगर्दासम्म सडकबाट नफर्किने दा’बी गरेका हुन ।
साफेबगर नगरपालिका वडानं ८ मा कार्य वहाक सभापती पदम बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अथिती पुर्व पार्टी सभापती नैन सिहं कडायत नेपाल मुस्लिम सघंका केन्द्रिय सचिव अकराम शेख, जिल्ला कार्यसमिती सदस्य मोहन कुवर, पुर्व महाअधिबेशन समिती सदस्य अजुर्न ताम्राकार रहेका थिए।
कार्यक्रममा वडा नं ६ भाग्यश्वरका पाटी सभापती मिन बहादुर बिष्ट ,वडा न. ७ का पाटी सभापती तिलराम टमट्टा, साफेबगर नगरपालिका वडा नं ७ रिडीकोटका वडा अध्यक्ष मिठ्ठु सिंह भाट उद्योग बाणीज्य संध अछाममा कार्यवाहक अध्यक्ष महेन्द्र कडायत लगायत नेपालि कांग्रेस प्रति आस्थावान नेता तथा कार्यकर्ताको उपस्थीती रहेको थियो ।